दफा ३७
दलको कोष
(१) दलको एक छुट्टै कोष हुनेछ ।
(२) कोषमा देहायको रकम जम्मा हुनेछः–
(क) सदस्यता शुल्क वा सदस्यता नवीकरण शुल्कवापत विधान बमोजिम प्रत्येक सदस्यबाट प्राप्त रकम,
(ख) दफा ३८ बमोजिम प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोग,
(ग) दलले कुनै कार्यक्रम आयोजना गरी सङ्कलन गरेको रकम,
(घ) दलको प्रकाशन तथा चल अचल सम्पत्ति बिक्रीबाट प्राप्त रकम,
(ङ) कोषमा रहेको रकम बापत बैंकबाट प्राप्त ब्याज रकम,
(च) सदस्यबाट विधान बमोजिम नियमित रुपमा प्राप्त सहयोग रकम ।
(३) कोषमा जम्मा भएको रकम बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(४) दलको नाममा हुने सबै खर्च कोषबाट ब्यहोरिनेछ ।